सेभेन ए साईडमा एम–१२ च्याम्पियन, मनोज बने सर्वाेत्कृष्ट खेलाडी

कास्की | जेठ १४, २०७९

सेभेन ए साईडमा एम–१२ च्याम्पियन, मनोज बने सर्वाेत्कृष्ट खेलाडी

पोखरा :   केआईइसी एम १२ ले जनएकता क्लबद्वारा आयोजित प्रथम सेभेन ए साईड फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । रामेश्वरी माविको खेल मैदानमा शनिबार भएको फाईनल खेलमा एम–१२ ले रत्नचोकलाई ४–१ गोलको फराकिलो गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो । 

 

उपाधिसँगै एम–१२ ले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्याे । भने उपविजेता बनेको रत्नचोकले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित ६१ हजार १ सय ११ रुपैयाँ हात पार्याे ।  खेलमा एम १२ का लागि अविनास तामाङले ह्याट्रिक गरे ।

 

सरोज तितुङले १ गोलको योगदान दिए । यता हार व्यहोरेको रत्नचोकका लागि सोनु गुरुङले सान्त्वना एक गोल फर्काए । 

 

कुल ४६ टोलीको सहभागिता रहेको प्रतियोगितामा फाईनल खेलको म्यान अफ दि म्याच अनिवास तामाङ घोषित भए ।  प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडीको पुरस्कार मनोज गुरुङ घोषित भए । उत्कृष्ट गोलरक्षकका रुपमा  सोही क्लबकै रोमन थापामगर पुरस्कृत भए । 

 

यसैगरि उत्कृष्ट डिफेण्डरका रुपमा योगेश गुरुङ घोषित भए । सर्वाधिक गोलकर्ताको पुरस्कार सरोज तितुङ पुरस्कृत भए । उत्कृष्ठ खेलाडीले नगद ५ हजार प्राप्त गर्दा अन्य विधाका खेलाडीले ३÷३हजार रुपैयाँ प्राप्त गरेका थिए । 

 

विजेता तथा उपविजेता टोलीलाई पोखरा–१४ का नवनिर्वाचित वडाध्यक्ष बोधबहादुर कार्की, समाजसेवी अमृतबहादुर कार्की लगायतले पुरस्कार वितरण गरेका थिए ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्